



बुटवल, [२०८२ भाद्र १४ गते शनिवार]
नेपालकै सबैभन्दा पुरानो र विश्वसनीय सरकारी दूरसञ्चार प्रदायक संस्था नेपाल टेलिकमले सञ्चालन गरेको NT Fiber सेवा अहिले देशकै उत्कृष्ट र भरपर्दो इन्टरनेट समाधानका रूपमा पहिचान बनाएको छ। अत्याधुनिक प्रविधि प्रयोग गरिएको यो सेवामा एउटै तार मार्फत इन्टरनेट, टेलिफोन, टेलिभिजन र साथमा मोबाइलमा दैनिक डाटा सुविधा समेत उपलब्ध हुन्छ, जसलाई ३+१ सुविधा भनेर चिनिन्छ।
एउटै फाईवर तारबाट चार सुविधा
ग्राहकलाई सहज र किफायती सेवा दिने उद्देश्यले नेपाल टेलिकमले ल्याएको NT Fiber अन्तर्गत एउटै तार मार्फत चार प्रमुख सुविधा पाइन्छ ।
यसरी सस्तो शुल्कमा धेरै सुविधा पाउने भएकाले समय, खर्च र व्यवस्थापन सबैमा सजिलो हुने अपेक्षा गरिएको छ।
सरकारी कम्पनीप्रतिको विश्वास
नेपाल टेलिकम एक सरकारी कम्पनी भएकाले यसको सेवा विश्वसनीय र सुरक्षित हुनेमा ग्राहक ढुक्क हुन्छन्।
NT Fiber सेवाको अर्को विशेषता भनेको सातै दिन, ३६५ दिन निरन्तर सेवा उपलब्ध हुनु हो।
NT Fiber सेवा लिन इच्छुक ग्राहकलाई कार्यालय धाउन आवश्यक छैन।
नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा नेपाल टेलिकमको NT Fiber सेवा महत्वपूर्ण आधार बनेको छ।
नेपाल टेलिकमका रूपन्देही, नवलपरासी (ब.सु.प.) र कपिलवस्तु जिल्लाका विभिन्न कार्यालयहरूबाट सहुलियत दर रू.१ को सिमकार्ड वितरण गरिएको छ । हालसालै Onair भएका BTS अवस्थित रहेका स्थानहरूमा त्यहाँका स्थानियहरूलाई दूरसञ्चार सेवाको सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले उक्त सहुलियत दरको सिमकार्ड विक्रि वितरण गरिएको नेपाल टेलिकमले जनाएको छ । रूपन्देही जिल्लाको भवानिपुर र गैडहवा, नवलपरासी (ब.सु.प.) जिल्लाको सिंहबरूवा र सुनवल साथै कपिलवस्तु जिल्लाको लवनी, रामघाट र गव्दहवामा सो सहुलियत दरको सिमकार्ड विक्रि गरेको थियो । उक्त स्थानहरूमा करिव ११०० सिमकार्ड विक्रि भएको कम्पनिले जनाएको छ ।
नेपाल टेलिकमका दूरसञ्चार कार्यालयहरूबाट उपत्यका बाहिर पहिलो पटक Online प्रणाली DMS System बाट पनि सहुलियत दरको ३०० सिमकार्ड वितरण गरेको कम्पनीले जनाएको छ । DMS प्रणालीबाट सिमकार्ड विक्रि गर्दा सेवाग्राहीहरूले फारम भर्नु नपर्ने र नागरिकताको फोटोकपी र फोटो पनि आवश्यक नपर्ने र DMS प्रणालीबाट सिमकार्ड लिन स्वयम् व्यक्ति नागरिकता/लाईसेन्स/राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै एक कागजातको सक्कलैलिएर आउनु पर्ने हुन्छ र सिमकार्ड लिने व्यक्तिको on line माध्यमबाटनै live फोटो र नागरिकता/लाईसेन्स/राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै एकको समेत Live फोटो खिचेर तत्कालै सिमकार्ड दिईन्छ । यो प्रक्रियाले सेवाग्राहीलाई एकदमै सहज भएको बताउछन् सिमकार्ड लिनेहरू न फोटो खिचेर ल्याउनु पर्ने न त नागरिकताको फोटोकपी नै गरेर ल्याउनु पर्ने ।
त्यस्तैगरि यो DMS प्रणालीबाट सिमकार्ड विक्रि गर्दा कार्यालयलाई समेत Documentation मा सहज हुने कम्पनीको भनाई रहेको छ ।
अक्षय तृतीया हिन्दू र जैन धर्ममा अत्यन्तै पवित्र मानिने एक विशेष पर्व हो। यो वैशाख महिनाको शुक्ल पक्षको तृतीय तिथिमा पर्छ। यस पर्वलाई अक्षय तीज पनि भनिन्छ। "अक्षय" भन्नाले कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ, त्यसैले यो दिन गरिएका शुभ कार्यहरू, दान, तपस्या, जप र पूजा-पाठको फल कहिल्यै नाश हुँदैन भन्ने विश्वास गरिन्छ।
धार्मिक महत्त्व:
जैन धर्ममा:
दानको विशेष महत्व:
विवाह र शुभ कार्यको लागि उत्तम दिन:
अक्षय तृतीयाको दिन जौको सातु र सर्वत खाने चलन धेरै पुरानो र धार्मिक रूपमा पनि महत्वपूर्ण छ। यसका पछाडि धार्मिक र स्वास्थ्यसँग सम्बन्धित कारणहरू छन्।
नेपाल टेलिकममा क्रियाशील ट्रेट युनियन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) लुम्बिनी प्रदेशको १२ औं अधिवेशन "दूरसञ्चार कर्मीहरू एक जुट होऔं" "संस्था समृद्धिमा हाम्रो ध्यान, असल कर्म संस्कृति NTEAN अभियान" भन्ने मुल नाराका साथ यहि मिति २०८१ चैत्र १५ र १६ गते रूपन्देही जिल्लाको भैरहवामा रहेको माडवारी सेवा संधको सभाहलमा हुनेछ । जसबाट उक्त युनियनले नया ससक्त टिम प्राप्त गर्नेछ भने, नया कार्य समितीको कार्यकाल आगामी ३ वर्षको हुनेछ ।
अधिवेशनका लागि लुम्बिनी प्रदेश अन्तर्गत रहेका नेपाल टेलिकमका कार्यालयहरूबाट कर्मचारीहरूको प्रतिनिधित्व गर्दै प्रतिनिधि तथा प्रवेक्षकहरू अधिवेशन स्थलमा आउनेछन् ।