Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Saturday, August 30, 2025

बुटवल, [२०८२ भाद्र १४ गते शनिवार]

नेपालकै सबैभन्दा पुरानो र विश्वसनीय सरकारी दूरसञ्चार प्रदायक संस्था नेपाल टेलिकमले सञ्चालन गरेको NT Fiber सेवा अहिले देशकै उत्कृष्ट र भरपर्दो इन्टरनेट समाधानका रूपमा पहिचान बनाएको छ। अत्याधुनिक प्रविधि प्रयोग गरिएको यो सेवामा एउटै तार मार्फत इन्टरनेट, टेलिफोन, टेलिभिजन र साथमा मोबाइलमा दैनिक डाटा सुविधा समेत उपलब्ध हुन्छ, जसलाई ३+१ सुविधा भनेर चिनिन्छ।

एउटै फाईवर तारबाट चार सुविधा

ग्राहकलाई सहज र किफायती सेवा दिने उद्देश्यले नेपाल टेलिकमले ल्याएको NT Fiber अन्तर्गत एउटै तार मार्फत चार प्रमुख सुविधा पाइन्छ  ।

  1. उच्च गतिमा इन्टरनेट सेवा – व्यक्तिगत तथा संस्थागत प्रयोगकर्ताहरू सम्मका लागि उपयुक्त।
  2. आधारभुत टेलिफोन सेवा – परम्परागत टेलिफोन सेवाको आधुनिक स्वरूप।
  3. IP टेलिभिजन सुविधा – उच्च गुणस्तरमा २०० च्यानल।
  4. मोबाइलमा दैनिक डाटा बोनस – इन्टरनेटसँगै मोबाइलमा पनि नियमित डेटा सुविधा।

यसरी सस्तो शुल्कमा धेरै सुविधा पाउने भएकाले समय, खर्च र व्यवस्थापन सबैमा सजिलो हुने अपेक्षा गरिएको छ।

सरकारी कम्पनीप्रतिको विश्वास

नेपाल टेलिकम एक सरकारी कम्पनी भएकाले यसको सेवा विश्वसनीय र सुरक्षित हुनेमा ग्राहक ढुक्क हुन्छन्।

  • राज्यको स्वामित्वमा भएकोले दीर्घकालीन स्थायित्व र पारदर्शिता सुनिश्चित हुन्छ।
  • निजी कम्पनीसँगको प्रतिस्पर्धामा पनि टेलिकमले गुणस्तरीय सेवा र किफायती मूल्य दिने परम्परा कायम राखेको छ।
  • ग्रामीण भेगसम्म सेवा विस्तार गर्न सक्ने क्षमताका कारण पनि ग्राहकमा टेलिकमप्रतिको विश्वास अझ मजबुत बनेको छ।
३६५ दिन जडान र मर्मत सेवा

NT Fiber सेवाको अर्को विशेषता भनेको सातै दिन, ३६५ दिन निरन्तर सेवा उपलब्ध हुनु हो।

  • शनिबार वा सार्वजनिक बिदामा पनि जडान र मर्मत कार्य निरन्तर हुन्छ
  • कुनै समस्या आएमा छिटो समाधान हुने भएकाले ग्राहकलाई असुविधा कम हुन्छ।
घरबाट नै १९८ मा सम्पर्क गरि जडान र मर्मत गर्न  सकिने

NT Fiber सेवा लिन इच्छुक ग्राहकलाई कार्यालय धाउन आवश्यक छैन।

  • घरमै बसेर १९८ मा फोन गरेर जडानको अनुरोध गर्न सकिन्छ
  • ग्राहक सेवा अधिकृतले तुरुन्तै प्रक्रिया अगाडि बढाउनेछन्।
  • यसरी सजिलो र सरल विधिले ग्राहकलाई आकर्षित गर्ने काम गरेको छ।
उपभोक्ताको अनुभव 
धेरै प्रयोगकर्ताले NT Fiber सेवाबाट उत्तम सेवा सुविधा पाएको अनुभव बताउछन्।
  • एकै पटक इन्टरनेट, टेलिफोन र टेलिभिजन चलाउँदा पनि गुणस्तरमा कुनै कमी नआएको अनुभव गरिएको छ।
  • मोबाइलमा बोनस डेटा पाउनु सेवा प्रयोगकर्ताका लागि थप आकर्षण बनेको छ।
  • टेलिफोन चलाएवापत अतिरिक्त शुल्क समेत नलाग्ने भएकाले सेवा राम्रो छ ।
  • Speed भनेको भन्दा पनि बढी आउँछ ।
  • अन्य प्रदायकको तुलनामा समस्या समाधान छिटो हुने भएकाले ग्राहक सन्तुष्टि दर उच्च देखिएको छ ।
  • प्याकेज तथा दर रेट थाहा पाउनको लागि ftth-tariff
डिजिटल नेपालतर्फ टेलिकमको योगदान

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा नेपाल टेलिकमको NT Fiber सेवा महत्वपूर्ण आधार बनेको छ।

  • विद्यालय, कलेज, बैक, स्थानिय तहहरू, अस्पताल, सरकारी कार्यालय, व्यवसायिक सस्था देखि घरायसी प्रयोगसम्म सबै क्षेत्रमा इन्टरनेट पहुँचलाई सहज बनाइदिएको छ।
  • सूचना प्रवाह, अनलाइन शिक्षा, टेलिमेडिसिन, ई-व्यवसाय जस्ता क्षेत्रमा NT Fiber एक आधार स्तम्भको रूपमा उभिएको छ।
आजको डिजिटल युगमा इन्टरनेट, टेलिफोन र टेलिभिजन दैनिक जीवनको अनिवार्य आवश्यकता भइसकेको छ। नेपाल टेलिकमले सञ्चालन गरेको NT Fiber सेवाले एउटै तारबाट ३+१ सुविधा उपलब्ध गराउँदै उपभोक्तालाई सहज, किफायती र भरपर्दो सेवा दिइरहेको छ।
  • सरकारी कम्पनीको विश्वास
  • ३६५ दिन (शनिबार सहित) जडान र मर्मत सुविधा
  • १९८ मा फोन गरेर घरमै बस्दै सेवा लिन सकिने सरल प्रक्रिया
  • NTFiber का प्याकेज सहितको दर/रेट


यी विशेषताले NT Fiber लाई नेपालकै सबैभन्दा उपयुक्त इन्टरनेट सेवाका रूपमा स्थापित गरेको छ।



Thursday, May 29, 2025

नेपाल टेलिकमका रूपन्देही, नवलपरासी (ब.सु.प.) र कपिलवस्तु जिल्लाका विभिन्न कार्यालयहरूबाट सहुलियत दर रू.१ को सिमकार्ड वितरण गरिएको छ । हालसालै Onair भएका BTS अवस्थित रहेका स्थानहरूमा त्यहाँका स्थानियहरूलाई दूरसञ्चार सेवाको सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले उक्त सहुलियत दरको सिमकार्ड विक्रि वितरण गरिएको नेपाल टेलिकमले जनाएको छ । रूपन्देही जिल्लाको भवानिपुर र गैडहवा, नवलपरासी (ब.सु.प.) जिल्लाको सिंहबरूवा र सुनवल साथै कपिलवस्तु जिल्लाको लवनी, रामघाट र गव्दहवामा सो सहुलियत दरको सिमकार्ड विक्रि गरेको थियो । उक्त स्थानहरूमा करिव ११०० सिमकार्ड विक्रि भएको कम्पनिले जनाएको छ । 

नेपाल टेलिकमका दूरसञ्चार कार्यालयहरूबाट उपत्यका बाहिर पहिलो पटक Online प्रणाली DMS System बाट पनि सहुलियत दरको ३०० सिमकार्ड वितरण गरेको कम्पनीले जनाएको छ । DMS प्रणालीबाट सिमकार्ड विक्रि गर्दा सेवाग्राहीहरूले फारम भर्नु नपर्ने र नागरिकताको फोटोकपी र फोटो पनि आवश्यक नपर्ने र DMS प्रणालीबाट सिमकार्ड लिन स्वयम् व्यक्ति नागरिकता/लाईसेन्स/राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै एक कागजातको सक्कलैलिएर आउनु पर्ने हुन्छ र सिमकार्ड लिने व्यक्तिको on line माध्यमबाटनै live फोटो र नागरिकता/लाईसेन्स/राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै एकको समेत Live फोटो खिचेर तत्कालै सिमकार्ड दिईन्छ । यो प्रक्रियाले सेवाग्राहीलाई एकदमै सहज भएको बताउछन् सिमकार्ड लिनेहरू न फोटो खिचेर ल्याउनु पर्ने  न त नागरिकताको फोटोकपी नै गरेर ल्याउनु पर्ने ।

त्यस्तैगरि यो DMS प्रणालीबाट सिमकार्ड विक्रि गर्दा कार्यालयलाई समेत Documentation मा सहज हुने कम्पनीको भनाई रहेको छ ।


Wednesday, April 30, 2025



अक्षय तृतीया हिन्दू र जैन धर्ममा अत्यन्तै पवित्र मानिने एक विशेष पर्व हो। यो वैशाख महिनाको शुक्ल पक्षको तृतीय तिथिमा पर्छ। यस पर्वलाई अक्षय तीज पनि भनिन्छ। "अक्षय" भन्नाले कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ, त्यसैले यो दिन गरिएका शुभ कार्यहरू, दान, तपस्या, जप र पूजा-पाठको फल कहिल्यै नाश हुँदैन भन्ने विश्वास गरिन्छ।

अक्षय तृतीयाको मुख्य महत्व:

  1. धार्मिक महत्त्व:

    • हिन्दू पुराण अनुसार, यही दिनमा भगवान परशुरामको जन्म भएको थियो।
    • भगवान विष्णुको छौंठौं अवतार (परशुराम) को स्मरणमा यो पर्व मनाइन्छ।
    • त्रेता युगको सुरुवात पनि यही दिनमा भएको मानिन्छ।
    • पाण्डवहरूले बनवासका बेला अक्षय पात्र प्राप्त गरेका थिए, जसले कहिल्यै सकिँदैनथ्यो।
  2. जैन धर्ममा:

    • भगवान ऋषभदेव (आदिनाथ) ले दीर्घकालीन उपवासपछि पहिलोपटक यही दिन इक्षु र रस (रसिलो पदार्थ) ग्रहण गरेका थिए।
  3. दानको विशेष महत्व:

    • यो दिनमा गरिने दान–पुण्य, जस्तै अन्न, जल, कपडा, सुन, चाँदी आदि दानको अक्षय फल प्राप्त हुन्छ।
    • धार्मिक मान्यताअनुसार, यस दिन दान गरेमा जीवनभर धन, सुख, शान्ति र पुण्य प्राप्त हुन्छ।
  4. विवाह र शुभ कार्यको लागि उत्तम दिन:

    • यो दिनलाई सर्वसिद्धि मुहूर्त मानिन्छ। कुनै पनि शुभ कार्य (जस्तै विवाह, नयाँ व्यापार, घर निर्माण आदि) गर्नको लागि यो दिन अत्यन्तै शुभ मानिन्छ।

अक्षय तृतीयाको दिन जौको सातु र सर्वत खाने चलन धेरै पुरानो र धार्मिक रूपमा पनि महत्वपूर्ण छ। यसका पछाडि धार्मिक र स्वास्थ्यसँग सम्बन्धित कारणहरू छन्।

१. धार्मिक कारण:

  • जौलाई वैदिक ग्रन्थहरूमा पवित्र अन्न भनिएको छ।
  • यस दिन जौको सातु र जल (सर्वत) सेवन गर्नुले शरीर र आत्मालाई शुद्ध बनाउँछ भन्ने विश्वास गरिन्छ।
  • जौ भगवान विष्णुलाई अर्पण गरिन्छ, र उनी प्रसन्न हुन्छन् भन्ने मान्यता छ।
  • दान स्वरूप पनि जौको सातु, जल, फलफूल र चामल दिने परम्परा छ।

२. स्वास्थ्यका कारण:

  • वैशाख महिनामा गर्मी बढ्दो हुन्छ, त्यसैले जौको सातु र चिसो सर्वत पिउनु शरीरलाई ठण्डा र ऊर्जाशील बनाउँछ।
  • जौमा फाइबर, प्रोटिन र खनिज पदार्थहरू हुन्छन्, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ।
  • सर्वतले शरीरको पानीको कमी (dehydration) हटाउँछ।


Friday, April 4, 2025

नेपाल टेलिकम (दूरसञ्चार कम्पनी लिमीटेड) को प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकको कम्पनीको कर्मचारी विनियमावलीमा व्यवस्था भए बमोजिम मिति २०८१ चैत्र २४ गते देखि उमेर हदको कारण अनिवार्य अवकास पाउने भएकाले आज मिति २०८१ चैत्र २२ गते शुक्रबारका दिन प्रादेशिक निर्देशनालय भैरहवाको रूरू सभा हलमा एक कार्यक्रम गरी अनिवार्य अवकाश विदाई गरियो । झण्डै ३१ वर्ष अघि नेपाल टेलिकममा प्रवेश गर्नु भएको उहाँ  विभिन्न कार्यालय, विभाग हुँदै  पछिल्लो समय प्रादेशिक निर्देशनालय भैरहवा लुम्बिनी प्रदेशमा निर्देशकको रूपमा कार्य गर्दै आउनुभएको थियो, कार्यालय व्यवस्थापनमा अब्बल रहनु भएको उहाँ अत्यन्तै सवल र मिलनसार पनि हुनुहुन्थ्यो साथै आम कर्मचारीहरूमा समान व्यवहार देखाउने उहाँको सब भन्दा सकारात्मक पक्ष रहेको आम कर्मचारीहरूको भनाई रहेको थियो ।

उक्त विदाई कार्यक्रममा बोल्ने बक्ताहरूले समेत उहाँको खुलेरै प्रशंसा गरे । विदाई कार्यक्रममा लुम्बिनीको अस्तित्व झल्किने गौतम बुद्धको प्रतीक मायाको चिनो र सम्मान पत्र द्वारा सम्मान समेत प्रदान गरिएको थियो । कार्यक्रममा उहाँको धर्म पत्नि डा.बबिता मल्लिकको उपस्थिति रहेको थियो । त्यस्तैगरी दूरसञ्चार कार्यालय बुटवल, भैरहवा, पाल्पा, मंगलापुर र तुलसीपुर कार्यालयका कार्यालय प्रमुखहरूको समेत उपस्थिती थियो ।
कार्यक्रममा सहभागी सबैले निजलाई पुष्प गुच्छा सहित अवकाश पछिको जिवनको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।

Thursday, March 27, 2025

नेपाल टेलिकममा क्रियाशील ट्रेट युनियन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) लुम्बिनी प्रदेशको १२ औं अधिवेशन "दूरसञ्चार कर्मीहरू एक जुट होऔं" "संस्था समृद्धिमा हाम्रो ध्यान, असल कर्म संस्कृति NTEAN अभियान" भन्ने मुल नाराका साथ यहि मिति २०८१ चैत्र १५ र १६ गते रूपन्देही जिल्लाको भैरहवामा रहेको माडवारी सेवा संधको सभाहलमा हुनेछ । जसबाट उक्त युनियनले नया ससक्त टिम प्राप्त गर्नेछ भने, नया कार्य समितीको कार्यकाल आगामी ३ वर्षको हुनेछ । 

अधिवेशनका लागि लुम्बिनी प्रदेश अन्तर्गत रहेका नेपाल टेलिकमका कार्यालयहरूबाट कर्मचारीहरूको प्रतिनिधित्व गर्दै प्रतिनिधि तथा प्रवेक्षकहरू अधिवेशन स्थलमा आउनेछन् ।


Wednesday, March 26, 2025


नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका परीक्षार्थीहरूका लागि SEE Offer 2081 ल्याउने भएको छ । जसमा रू.२० मा सिमकार्ड पाइने छ र उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ ।

राष्ट्रको संचार नेपाल टेलिकम

राष्ट्रको संचार नेपाल टेलिकम
नेपाल टेलिकमको फाईवर ईन्टरनेट जडानको लागि १९८ मा फोन गर्नुहोस् ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।
*1415#

Popular Posts

Recent Posts

Text Widget