Saturday, November 8, 2025

तातो कपडा लगाउने: गर्मी कायम राख्ने कपडा लगाउनुहोस् — जस्तै स्वेटर, ज्याकेट, टोपी, मोजा, ग्लोभ आदि घरभित्र पनि चिसो लागे हल्का ज्यान राख्ने कपडा लगाइराख्नुहोस्। शरीरबाट ताप बाहिर नजाओस् भनेर कान, हात र खुट्टा ढाक्ने बानी बसाल्नुहोस्।

तातो खानेकुरा र पेय पदार्थ : तातो पानी, दुध, सूप, चिया (बिना धेरै चिनी), वा तुलसी पानी पिउनुहोस् । तरकारी, फलफूल, गेडागुडी, दाल आदि पोषिलो खाना खानुहोस्। चिसो पेय वा आइस्क्रिम जस्ता चिजहरूबाट टाढा रहनुहोस्।

घरभित्र न्यानो बनाउने : घरमा हावा चुहिने ठाउँ बन्द गर्नुहोस् । सूर्यको प्रकाश पर्न दिने प्रयास गर्नुहोस्-बिहान बेलुका घाम ताप्न सकिन्छ। राति कभर वा ब्ल्याङ्केट राम्रोसँग ओढ्नुहोस्।

शरीर तन्दुरुस्त राख्ने : बिहान हल्का व्यायाम वा घाम ताप्दै हिँड्ने बानी बसाल्नुहोस्। यसले रगतको प्रवाह सुधार गर्छ र शरीर न्यानो राख्छ।

रोगबाट जोगिने : जाडोमा रुघा–खोकी, टन्सिल, छाती दुख्ने समस्या बढ्न सक्छ। हात राम्ररी धुने, मास्क लगाउने, र भिजेको कपडा चाँडै सुकाउने बानी राख्नुहोस्। शरीर चिसो भए तुरुन्त तातो कपडा वा तातो पानीको प्रयोग गर्नुहोस्।

0 comments:

Post a Comment

राष्ट्रको संचार नेपाल टेलिकम

राष्ट्रको संचार नेपाल टेलिकम
नेपाल टेलिकमको फाईवर ईन्टरनेट जडानको लागि १९८ मा फोन गर्नुहोस् ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।
*1415#

Popular Posts

Recent Posts

Text Widget