Thursday, May 29, 2025

नेपाल टेलिकमका रूपन्देही, नवलपरासी (ब.सु.प.) र कपिलवस्तु जिल्लाका विभिन्न कार्यालयहरूबाट सहुलियत दर रू.१ को सिमकार्ड वितरण गरिएको छ । हालसालै Onair भएका BTS अवस्थित रहेका स्थानहरूमा त्यहाँका स्थानियहरूलाई दूरसञ्चार सेवाको सर्वसुलभ पहुँच पुर्याउने उदेश्यले उक्त सहुलियत दरको सिमकार्ड विक्रि वितरण गरिएको नेपाल टेलिकमले जनाएको छ । रूपन्देही जिल्लाको भवानिपुर र गैडहवा, नवलपरासी (ब.सु.प.) जिल्लाको सिंहबरूवा र सुनवल साथै कपिलवस्तु जिल्लाको लवनी, रामघाट र गव्दहवामा सो सहुलियत दरको सिमकार्ड विक्रि गरेको थियो । उक्त स्थानहरूमा करिव ११०० सिमकार्ड विक्रि भएको कम्पनिले जनाएको छ । 

नेपाल टेलिकमका दूरसञ्चार कार्यालयहरूबाट उपत्यका बाहिर पहिलो पटक Online प्रणाली DMS System बाट पनि सहुलियत दरको ३०० सिमकार्ड वितरण गरेको कम्पनीले जनाएको छ । DMS प्रणालीबाट सिमकार्ड विक्रि गर्दा सेवाग्राहीहरूले फारम भर्नु नपर्ने र नागरिकताको फोटोकपी र फोटो पनि आवश्यक नपर्ने र DMS प्रणालीबाट सिमकार्ड लिन स्वयम् व्यक्ति नागरिकता/लाईसेन्स/राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै एक कागजातको सक्कलैलिएर आउनु पर्ने हुन्छ र सिमकार्ड लिने व्यक्तिको on line माध्यमबाटनै live फोटो र नागरिकता/लाईसेन्स/राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र मध्ये कुनै एकको समेत Live फोटो खिचेर तत्कालै सिमकार्ड दिईन्छ । यो प्रक्रियाले सेवाग्राहीलाई एकदमै सहज भएको बताउछन् सिमकार्ड लिनेहरू न फोटो खिचेर ल्याउनु पर्ने  न त नागरिकताको फोटोकपी नै गरेर ल्याउनु पर्ने ।

त्यस्तैगरि यो DMS प्रणालीबाट सिमकार्ड विक्रि गर्दा कार्यालयलाई समेत Documentation मा सहज हुने कम्पनीको भनाई रहेको छ ।


0 comments:

Post a Comment

राष्ट्रको संचार नेपाल टेलिकम

राष्ट्रको संचार नेपाल टेलिकम
नेपाल टेलिकमको फाईवर ईन्टरनेट जडानको लागि १९८ मा फोन गर्नुहोस् ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।
*1415#

Popular Posts

Recent Posts

Text Widget