नेपाल टेलिकम (दूरसञ्चार कम्पनी लिमीटेड) को प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक अनन्त प्रकाश मल्लिकको कम्पनीको कर्मचारी विनियमावलीमा व्यवस्था भए बमोजिम मिति २०८१ चैत्र २४ गते देखि उमेर हदको कारण अनिवार्य अवकास पाउने भएकाले आज मिति २०८१ चैत्र २२ गते शुक्रबारका दिन प्रादेशिक निर्देशनालय भैरहवाको रूरू सभा हलमा एक कार्यक्रम गरी अनिवार्य अवकाश विदाई गरियो । झण्डै ३१ वर्ष अघि नेपाल टेलिकममा प्रवेश गर्नु भएको उहाँ विभिन्न कार्यालय, विभाग हुँदै पछिल्लो समय प्रादेशिक निर्देशनालय भैरहवा लुम्बिनी प्रदेशमा निर्देशकको रूपमा कार्य गर्दै आउनुभएको थियो, कार्यालय व्यवस्थापनमा अब्बल रहनु भएको उहाँ अत्यन्तै सवल र मिलनसार पनि हुनुहुन्थ्यो साथै आम कर्मचारीहरूमा समान व्यवहार देखाउने उहाँको सब भन्दा सकारात्मक पक्ष रहेको आम कर्मचारीहरूको भनाई रहेको थियो ।
उक्त विदाई कार्यक्रममा बोल्ने बक्ताहरूले समेत उहाँको खुलेरै प्रशंसा गरे । विदाई कार्यक्रममा लुम्बिनीको अस्तित्व झल्किने गौतम बुद्धको प्रतीक मायाको चिनो र सम्मान पत्र द्वारा सम्मान समेत प्रदान गरिएको थियो । कार्यक्रममा उहाँको धर्म पत्नि डा.बबिता मल्लिकको उपस्थिति रहेको थियो । त्यस्तैगरी दूरसञ्चार कार्यालय बुटवल, भैरहवा, पाल्पा, मंगलापुर र तुलसीपुर कार्यालयका कार्यालय प्रमुखहरूको समेत उपस्थिती थियो ।
कार्यक्रममा सहभागी सबैले निजलाई पुष्प गुच्छा सहित अवकाश पछिको जिवनको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment