नेपाल टेलिकममा क्रियाशील ट्रेट युनियन नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) लुम्बिनी प्रदेशको १२ औं अधिवेशन "दूरसञ्चार कर्मीहरू एक जुट होऔं" "संस्था समृद्धिमा हाम्रो ध्यान, असल कर्म संस्कृति NTEAN अभियान" भन्ने मुल नाराका साथ यहि मिति २०८१ चैत्र १५ र १६ गते रूपन्देही जिल्लाको भैरहवामा रहेको माडवारी सेवा संधको सभाहलमा हुनेछ । जसबाट उक्त युनियनले नया ससक्त टिम प्राप्त गर्नेछ भने, नया कार्य समितीको कार्यकाल आगामी ३ वर्षको हुनेछ ।
अधिवेशनका लागि लुम्बिनी प्रदेश अन्तर्गत रहेका नेपाल टेलिकमका कार्यालयहरूबाट कर्मचारीहरूको प्रतिनिधित्व गर्दै प्रतिनिधि तथा प्रवेक्षकहरू अधिवेशन स्थलमा आउनेछन् ।
0 comments:
Post a Comment