Wednesday, March 26, 2025


नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका परीक्षार्थीहरूका लागि SEE Offer 2081 ल्याउने भएको छ । जसमा रू.२० मा सिमकार्ड पाइने छ र उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ ।

SEE अफर तथा बोनस अन रिचार्ज आगामी चैत १५ देखि २०८२ असार ३० सम्म सञ्चालन हुनेछ ।नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुने यस्तो सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलेदेखि एनटीसी मोबाइल नम्बर प्रयोग गर्ने विद्यार्थीले पनि आफ्नो सिमकार्डमा यो अफर लिन सक्नेछन् ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस कल, १० ओटा अन-नेट SMS र 500 MB डेटासमेत पाउनेछन् ।

यी सबै सुविधा प्रत्येक दिन प्राप्त हुने रिसोर्सको रूपमा मात्र सोही दिनका लागि कायम रहने कम्पनीले उल्लेख गरेको छ । नयाँ सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कशिटको फोटोकपी, १ प्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता/राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।

साथै,"सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ । यसपछि अफर प्राप्त ग *१६००# डायल गरी निर्देशनहरू पालन गर्नुपर्नेछ ।



0 comments:

Post a Comment

राष्ट्रको संचार नेपाल टेलिकम

राष्ट्रको संचार नेपाल टेलिकम
नेपाल टेलिकमको फाईवर ईन्टरनेट जडानको लागि १९८ मा फोन गर्नुहोस् ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।

नेपाल टेलिकमको सस्तो दरमा Data र Voice प्याकेज लिनको लागि ।
*1415#

Popular Posts

Recent Posts

Text Widget