बुटवल, [२०८२ भाद्र १४ गते शनिवार]
नेपालकै सबैभन्दा पुरानो र विश्वसनीय सरकारी दूरसञ्चार प्रदायक संस्था नेपाल टेलिकमले सञ्चालन गरेको NT Fiber सेवा अहिले देशकै उत्कृष्ट र भरपर्दो इन्टरनेट समाधानका रूपमा पहिचान बनाएको छ। अत्याधुनिक प्रविधि प्रयोग गरिएको यो सेवामा एउटै तार मार्फत इन्टरनेट, टेलिफोन, टेलिभिजन र साथमा मोबाइलमा दैनिक डाटा सुविधा समेत उपलब्ध हुन्छ, जसलाई ३+१ सुविधा भनेर चिनिन्छ।
एउटै फाईवर तारबाट चार सुविधा
ग्राहकलाई सहज र किफायती सेवा दिने उद्देश्यले नेपाल टेलिकमले ल्याएको NT Fiber अन्तर्गत एउटै तार मार्फत चार प्रमुख सुविधा पाइन्छ ।
- उच्च गतिमा इन्टरनेट सेवा – व्यक्तिगत तथा संस्थागत प्रयोगकर्ताहरू सम्मका लागि उपयुक्त।
- आधारभुत टेलिफोन सेवा – परम्परागत टेलिफोन सेवाको आधुनिक स्वरूप।
- IP टेलिभिजन सुविधा – उच्च गुणस्तरमा २०० च्यानल।
- मोबाइलमा दैनिक डाटा बोनस – इन्टरनेटसँगै मोबाइलमा पनि नियमित डेटा सुविधा।
यसरी सस्तो शुल्कमा धेरै सुविधा पाउने भएकाले समय, खर्च र व्यवस्थापन सबैमा सजिलो हुने अपेक्षा गरिएको छ।
सरकारी कम्पनीप्रतिको विश्वास
नेपाल टेलिकम एक सरकारी कम्पनी भएकाले यसको सेवा विश्वसनीय र सुरक्षित हुनेमा ग्राहक ढुक्क हुन्छन्।
- राज्यको स्वामित्वमा भएकोले दीर्घकालीन स्थायित्व र पारदर्शिता सुनिश्चित हुन्छ।
- निजी कम्पनीसँगको प्रतिस्पर्धामा पनि टेलिकमले गुणस्तरीय सेवा र किफायती मूल्य दिने परम्परा कायम राखेको छ।
- ग्रामीण भेगसम्म सेवा विस्तार गर्न सक्ने क्षमताका कारण पनि ग्राहकमा टेलिकमप्रतिको विश्वास अझ मजबुत बनेको छ।
NT Fiber सेवाको अर्को विशेषता भनेको सातै दिन, ३६५ दिन निरन्तर सेवा उपलब्ध हुनु हो।
- शनिबार वा सार्वजनिक बिदामा पनि जडान र मर्मत कार्य निरन्तर हुन्छ।
- कुनै समस्या आएमा छिटो समाधान हुने भएकाले ग्राहकलाई असुविधा कम हुन्छ।
NT Fiber सेवा लिन इच्छुक ग्राहकलाई कार्यालय धाउन आवश्यक छैन।
- घरमै बसेर १९८ मा फोन गरेर जडानको अनुरोध गर्न सकिन्छ।
- ग्राहक सेवा अधिकृतले तुरुन्तै प्रक्रिया अगाडि बढाउनेछन्।
- यसरी सजिलो र सरल विधिले ग्राहकलाई आकर्षित गर्ने काम गरेको छ।
- एकै पटक इन्टरनेट, टेलिफोन र टेलिभिजन चलाउँदा पनि गुणस्तरमा कुनै कमी नआएको अनुभव गरिएको छ।
- मोबाइलमा बोनस डेटा पाउनु सेवा प्रयोगकर्ताका लागि थप आकर्षण बनेको छ।
- टेलिफोन चलाएवापत अतिरिक्त शुल्क समेत नलाग्ने भएकाले सेवा राम्रो छ ।
- Speed भनेको भन्दा पनि बढी आउँछ ।
- अन्य प्रदायकको तुलनामा समस्या समाधान छिटो हुने भएकाले ग्राहक सन्तुष्टि दर उच्च देखिएको छ ।
- प्याकेज तथा दर रेट थाहा पाउनको लागि ftth-tariff
नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा नेपाल टेलिकमको NT Fiber सेवा महत्वपूर्ण आधार बनेको छ।
- विद्यालय, कलेज, बैक, स्थानिय तहहरू, अस्पताल, सरकारी कार्यालय, व्यवसायिक सस्था देखि घरायसी प्रयोगसम्म सबै क्षेत्रमा इन्टरनेट पहुँचलाई सहज बनाइदिएको छ।
- सूचना प्रवाह, अनलाइन शिक्षा, टेलिमेडिसिन, ई-व्यवसाय जस्ता क्षेत्रमा NT Fiber एक आधार स्तम्भको रूपमा उभिएको छ।
- सरकारी कम्पनीको विश्वास
- ३६५ दिन (शनिबार सहित) जडान र मर्मत सुविधा
- १९८ मा फोन गरेर घरमै बस्दै सेवा लिन सकिने सरल प्रक्रिया
- NTFiber का प्याकेज सहितको दर/रेट
यी विशेषताले NT Fiber लाई नेपालकै सबैभन्दा उपयुक्त इन्टरनेट सेवाका रूपमा स्थापित गरेको छ।