नेकाे इन्सुरेन्स लि. प्रदेश कार्यालय बुटवलले प्रदेश लोकसेवा आयोगको कार्यालय बुटवललाई १ करोड ६४ लाख ८० हजार रूपैया वीमा वापतकाे दावी भुक्तानी गरेकाे छ ।
आज मिति २०८२ पौष २३ गते बुधबारका दिन लुम्बिनी प्रदेश लाेक सेवा आयोगकाे कार्यालयमा आयाेजित विमा दावी भुक्तानी कार्यक्रममा बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यलले प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङलाई चेक हस्तान्तरण गर्नुभयाे । उक्त बीमा दावी रकम जेन-जी आन्दोलनका क्रममा पुर्ण रूपमा क्षति भएका चार वटा गाडी र आठ वटा मोटरसाइकल तथा स्कुटीको रहेको कम्पनीले जनाएको छ ।

दाबी भुक्तानी कार्यक्रममा प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यल, प्रदेश लाेक सेवा आयाेगका सचिव खिमबहादुर रायमाझी तथा बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । त्यस अवसरमा बुटवल उद्याेग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयमै दावि भुक्तानी हुनु स्रहानीय रहेकाे बताउँदै निजी तथा सामुदायिक क्षेत्रले समेत विश्वास आर्जन गर्ने गरी दाबी भुक्तानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले समयमै भएको दाबी भुक्तानीले बीमा प्रणालीप्रति आमविश्वास र भरोसा थप बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको थियो ।

प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष डिम्पल गुरुङले सवारी साधनको फूल बीमा गरिएको र दाबी भुक्तानी प्रक्रिया सहज भएको साथै यस किसिमको दाबी भुक्तानीले बीमाको महत्व र आवश्यकता अझ प्रष्ट पारेको बताउनु भयाे । समयमै सम्पन्न दाबी भुक्तानीले बीमा क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह भएको र भविष्यमा बीमाप्रति आमनागरिकको भरोसा अझ बढ्ने उहाँकाे विश्वास छ । कार्यक्रममा नेकाे इन्सुरेन्सका सहायक प्रमुख कार्यकारी अधिकृत रमेश थापाले नेकाे इन्सुरेन्सले विमा पाेलिसी अनुसार छिटाे छरिताे दावि भुक्तानी गर्दै आएकाे दावी गर्नुभयाे ।
अन्य इन्सुरेन्स कम्पनीहरू भन्दा नेको इन्सुरेन्स कम्पनीको बीमा दावि प्रक्रिया छिटो, छरितो र सरल भएको कुरा समेत उक्त कार्यक्रममा बक्ताहरूले खुलेरै प्रसम्सा गरे । Neco Insurance


